१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
न्युयोर्क
२o८१ बैशाख २४ सोमबार o९:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षेप्यास्त्र दिँदै अमेरिका

Read Time : < 1 मिनेट
न्युयोर्क
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:४९:oo

अमेरिकाले युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र युक्रेनलाई प्रदान गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र चाँडै उपलब्ध गराउने योजना बनाएका हुन् । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वासिंटनमा भेटवार्ता गरेपछि किभलाई रुसका भित्री भागसम्म प्रहार गर्ने क्षमताका हतियार दिने निष्कर्षमा राष्ट्रपति बाइडेन पुगेका हतियार सहायतासम्बन्धी विषयसँग परिचित एक अधिकारीले बताएका हुन् । युक्रेनले अब तीन सय किलोमिटर परसम्म प्रहार गर्ने क्षमताका एटिएसिएमएस क्षेप्यास्त्र प्राप्त गर्ने ती अधिकारीले बताए ।

युक्रेनले प्रहार गरेको क्षेप्यास्त्रले रुसको ब्ल्याक सी फ्लिटको मुख्यालयमा क्षति गरेको छ । एक युक्रेनी सैन्य स्रोतका अनुसार सेभास्टोपोल बन्दरगाहमा बेलायत र फ्रान्सले प्रदान गरेका स्टोर्म स्याडो क्षेप्यास्त्र आक्रमण गरिएको हो । यी क्षेप्यास्त्र बढीमा एक सय दुई किलोमिटर परसम्म प्रहार गर्ने क्षमताका हुन् । 

यसैबीच अमेरिकी सहायता प्रवाहमा कटौती गरिएमा रुसी आक्रमणविरुद्ध किएभले आफ्नो युद्ध गुमाउने युक्रेनले बताएको अमेरिकी सिनेटर चक सुमरले खुलासा गरेका छन् । राष्ट्रपति जो बाइडेनको युक्रेन समर्थक नीतिका प्रमुख समर्थक तथा सिनेटका नेता चक सुमरले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूसँग ‘अमेरिकी सहयोग नपाए युद्ध हार्ने’ धारणा राखेको उनले बताए । 

सन् २०२२ को फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण गरेयता संयुक्त राज्य अमेरिकाले युक्रेनलाई पश्चिमी समर्थनको नेतृत्व गर्दै आएको छ । कंग्रेसले अहिलेसम्म सय अर्ब डलरभन्दा बढीको सहायता स्वीकृत गरेको छ, जसमा ४३ अर्ब डलरको हतियार पनि समावेश छ ।

तर, रिपब्लिकन पार्टीमा प्रभुत्व जमाएको कट्टर दक्षिणपन्थी समूहले सहायता कार्यक्रम बन्द गर्नुपर्ने अडान लिएको छ । सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प पुनः ह्वाइटहाउस फर्कने आकांक्षा देखाएका छन् ।

ad
ad