मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ७ आइतबार ०८:५९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गठबन्धन छाड्ने र कांग्रेसलाई चिढ्याउने गर्नुहुन्न : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ७ आइतबार ०८:५९:००

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन छाड्ने र कांग्रेसलाई चिढ्याउने कुराले पार्टी सिद्धिने दाबी गरेका छन् । पार्टीनिकट कानुन व्यवसायीको भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले पार्टीलाई बलियो बनाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । अहिलेको गठबन्धन नै एकीकृत समाजवादीको बलमा बनेको दाबीसमेत उनले गरे ।

‘गठबन्धन सरकारबाट बाहिरिनुपर्छ भन्नु पार्टी सिध्याउन खोज्नु हो । कांग्रेसलाई शत्रु बनाएर, कांग्रेसलाई बिचक्याएर अरू कसैलाई खुसी पार्न खोजेको छ भने त्यो कुरा सिंगो अभियान धराशयी पार्ने हो । हामी त्यो दिशामा जान सक्दैनौँ,’ नेपालले भने ।

उनले समाजवादी मोर्चामा आउन चाहनेलाई ढोका खुला राखेको बताए । तर, अहिलेकै अर्को कुनै पार्टीसँग एकताको सम्भावना नरहेको दाबी गरे । कम्युनिस्टहरूलाई एकताबद्ध गर्दै अघि बढ्ने पनि उनले बताए । नेपालले तथ्य र सत्य केलाएर अगाडि बढ्न कानुन व्यवसायीलाई आग्रह गरे ।