साफ यू–१९ : नेपाल र पाकिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी

बिहिबार, ४ असोज, २०८०
डिजिटल संस्करण
साफ यू–१९ : नेपाल र पाकिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

साफ यू–१९ च्याम्पियनसिपअन्तर्गत पाकिस्तान र नेपालले पहिलो हाफ सम्पन्न हुँदा गोलरहित बराबरी खेलेका छन्।

दशरथ रंगशालामा दुबै टोलीले पाएको अवसर गुमाउन पुगेका थिए। पहिलो २० मिनेटसम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गरे पनि त्यसपछि पाकिस्तानले घरेलु टोलीलाई दबाबमा राखेको थियो।

पाकिस्तानका केही सुन्दर प्रहारहरू कप्तान तथा गोलकिपर जियारथ शेखले बचाउँदै नेपालको संकट टारेका हुन्।

नेपालले दोस्रो खेल शनिबार माल्दिभ्ससँग खेल्नेछ।

सुझावित समाचार