मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण २२ मंगलबार
  • Tuesday, 05 March, 2024
२०८० असोज ४ बिहीबार १६:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लहानबाट लागुऔषधसहित एक युवक पक्राउ

Read Time : < 1 मिनेट
२०८० असोज ४ बिहीबार १६:०७:००

सिराहाको लहान नगरपालिका– ८ स्थित २ नम्बर सडकबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पक्राउ पर्नेमा लहान नगरपालिका– २ का करिब २० वर्षीय सदानन्द महतो छन्। लहानस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी सहायक हवल्दार देवकुमार यादवको कमान्डमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले बुधबार शंकास्पद अवस्थामा झोला बोकेर हिँडिरहेका महतोलाई रोकेर चेकजाँच गर्दा प्लास्टिकको पोकामा प्रतिबन्धित लागुऔषध बरामद भएको हो।

उनले बोकेको झोलामा रहेको प्लास्टिकको पोकामा एक सय ५३ एम्पुल डाइजापाम, एक सय ५४ एम्पुल ब्युप्रोनोरफिम र एक सय ९० एम्पुल फेनारगन बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लागुऔषधसहित नियन्त्रणमा लिइएका महतोलाई लहान प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ।