मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
रासस काठमाडौं
२०८० असोज ४ बिहीबार १५:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षकको आन्दोलनले संसदीय समितिको बैठक स्थगित

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०८० असोज ४ बिहीबार १५:४२:००

प्रतिनिधिसभाअन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन्।

नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएपछि सांसदहरू समयमै सिंहदरबार पुग्न नसक्दा दुईवटै समितिको बैठक प्रभावित भएका हुन्। बिहान ११ बजे बोलाइएका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएका हुन्।

अर्थ समितिका सभापति सन्तोष चालिसेले गणपूरक संख्या नपुगेर बैठक स्थगित गरिएको जानकारी दिए। कतिपय सांसद जिल्लाबाहिर पनि रहेकाले सबैको समय मिलाएर छिट्टै अर्को बैठक बोलाइने उनको भनाइ छ।

अर्थ समितिको आजको बैठकमा समितिको कार्यविधि मस्यौदा र विविध विषयमाथिको छलफल गर्ने कार्यसूची थियो। समितिमा कुल २४ जना सांसद रहेकामा गणपूरक संख्याका लागि १३ जना सांसद हुनुपर्ने थियो, तर ११ जना सांसद मात्र बैठकमा उपस्थित थियो। प्रतिनिधिसभा नियमावलीअनुसार आधा घन्टासम्म गणपूरक संख्या नपुगेमा बैठक स्थगित गर्ने व्यवस्था छ।

यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि गणपूरक संख्या नपुगेका कारण स्थगित भएको छ। समितिमा २७ जना सदस्य छन्। बैठक बस्न १४ जना सांसद उपस्थित हुनुपर्नेमा १२ जना मात्र उपस्थित थिए।