मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ४ बिहीबार ०९:०८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाली राष्ट्रपतिबीच न्युयोर्कमा भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ४ बिहीबार ०९:०८:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रमा सहभागी हुन न्युयोर्कमा रहेका प्रचण्ड र विक्रमासिंघेबीच साइडलाइन भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले महासभालाई बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । 

‘प्रधानमन्त्रीले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेसँग फलदायी कुराकानी गर्नुभयो,’ संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग न्युयोर्कले भनेको छ, ‘दुईपक्षीय सम्बन्ध थप सुदृढ गर्ने तथा बहुपक्षीय सहकार्य अघि बढाउने विषयमा छलफल केन्द्रित रह्यो ।’ नियोगले दुई शीर्ष नेताबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई सक्रिय बनाउने विषयमा छलफल भएको संकेत दिएको छ । तर, भेटवार्ताबारे थप जानकारी दिइएको छैन । 

न्युयोर्कमै परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त राष्ट्रसंघका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा थप सहकार्य मजबुत गर्नेबारे छलफल भएको स्थायी नियोगले जनाएको छ । नेपालले राष्ट्रसंघीय शान्ति मिसनमा दश हजार सुरक्षाकर्मी खटाउने प्रतिबद्धता जनाइसकेको छ । हाल शान्ति स्थापक मिसनमा नेपालका ६ हजारभन्दा बढी जनशक्ति कार्यरत छन् । यो विश्वको दोस्रो ठूलो सैन्य शक्ति हो ।