१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १o:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

तौल नियन्त्रण गर्न जुम्बा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:५१:oo

जुम्बा अन्य फिटनेस वर्कआउटभन्दा फरक छ । यसले वर्कआउटभन्दा पनि एउटा डान्स पार्टीजस्तो महसुस गराउँछ । सबै उमेरसमूहकाले यो गर्न सक्छन् । १२ देखि ६० वर्षसम्मका मानिस आउन सक्छन् । स्टेप फलो गर्नलाई धेरै सहज छ । कहिलेकाहीँ इन्स्ट्रक्टरले तपाईंलाई सीधै सिकाउँछन् । कहिलेकाहीँ इन्स्ट्रक्टरले गरेका स्टेप ऐनामा हेरेर तपाईंले सिक्नुहुन्छ ।

तर, जसरी सिके पनि तपाईंको अनुहारमा हाँसो भने हुनेछ, यो नै महत्वपूर्ण कुरा हो । स्ट्रेसबाट बाहिर निस्कनका लागि र फिटनेसका लागि जुम्बा महत्वपूर्ण छ । जुम्बाका धेरै मानसिक तथा शारीरिक फाइदा छन् । 

यसले तपाईंको शरीरलाई स्वस्थ राख्छ । तपाईंलाई ऊर्जाशील बनाउँछ । जुम्बामा झन्डै एक घन्टाको क्लास हुने गर्छ । जसमध्ये १० मिनेट वार्मअप र पाँच मिनेट कुलडाउन हुन्छ । त्यसपछिको समय त पार्टी गरेजसरी बित्छ ।

ad
ad