१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
डिलाराम भुसाल कपिलवस्तु
२o८१ बैशाख २० बिहीबार १o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

कपिलवस्तुको वाणगंगामा ३३ पुरीया ब्राउन सुगरसहित चारजना पक्राउ 

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५८:oo

कपिलवस्तुको बाणगंगामा  ३३ पुरीया ब्राउन सुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको  छ । बाणगंगाको वडा न ७ घेरुवा बनगाई चोकबाट बिक्रीका लागि तयार पारेको अवस्थामा उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।  

पक्राउ पर्नेमा वाणगंगाका  मुख्य कारोबारी मानिने ३६ वर्षको ज्ञान राज परियार, देव बहादुर जिसी, सहजित क्षेत्री र आकास परियार रहेको रायमाझीको भनाइ छ । सोमबार राति करिब १० बजेको समयमा चार जनालाई पक्राउ गरी थुनामा राखिएको बताएको छ ।

आज मंगलबार म्याद थपका लागि तौलिहवा पठाउने तयारी भएको प्रहरीले जनाएको छ। लागुऔषधको ट्रान्जिट पोईन्ट मानिने बाणगंगामा पछिलोसमयमा  प्रहरीले बिक्रीवितरण तथा सेवन कर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । उक्त पक्राउ परेको ३३ पुरिया ब्राउन सुगरको तौल १ ग्राम दुई सय ९० मिली ग्राम रहेको वताएको छ ।

ad
ad