मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
मोहन विष्ट कञ्चनपुर
२०८० असोज १ सोमबार १२:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा चन्द

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०८० असोज १ सोमबार १२:३३:००

सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा डा. राजवीर चन्द निर्वाचित भएका छन्। चन्दसहितका पदाधिकारी सदस्य एकल संक्रमणीय चुनावी प्रणालीबाट निर्वाचित भएका हुन्।

उपसभापतिमा महेन्द्रबहादुर चन्द, महासचिवमा मानबहादुर चन्द, सचिव ईश्वरकुमार हमाल, कोषाध्यक्ष गिरिराज कठायत तथा सदस्यहरूमा दानबहादुर मडै, केशवबहादुर थापा, धाना धामी, धनसिंह धामी, राजेन्द्रप्रसाद जोशी, इशा जोशी र धनसिंह विष्ट रहेका छन्। ११ पदका लागि १३ जनाले उम्मेदवारी दिएका थिए।

प्राध्यापक संघमा नेकपा एकीकृत समाजवादीनिकट एक, नेकपा माओवादी केन्द्रनिकट दुई र नेकपा एमालेनिकट तीन तथा नेपाली कांग्रेसनिकट पाँचजना प्राध्यापक निर्वाचित भएका छन्। उक्त ११ जनाको टिमले पदाधिकारी चयन गरेको हो।