मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Thursday, 19 December, 2024
२o८o असोज १ सोमबार ११:२o:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कारमा लङ ड्राइभ जानुअघि...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १ सोमबार ११:२o:oo
  • आफ्नै कारमा लङ ड्राइभमा जाने रहर कसको पो नहोला र । तर, यसरी लामो यात्रा गर्दा कारको कन्डिसनलगायत कुरामा ध्यान पुर्‍याउन आवश्यक छ । ताकि, तपाईंको यात्रा सफल होस् । 
  • कारधनीले पांग्रामा प्रयोग भएको टायरको आयु र कार्यक्षमताबारे राम्ररी जानकारी राख्नुपर्छ । 
  • कारको एयर कन्डिसनरको अवस्थाबारे राम्ररी जान्नुपर्छ र आवश्यक परेका वेला सही ढंगले उपयोग गर्न सक्ने स्थितिमा राख्नुपर्छ ।
  • इन्जिनको कुलेन्टको परीक्षण गर्नुपर्छ । जसले इन्जिनलाई अनावश्यक तात्नबाट रोक्छ । सामान्यतया कुलेन्ट र पानीको मिश्रण ५०–५० प्रतिशत हुनुपर्छ ।
  • जाडोको तुलनामा गर्मीमा ब्याट्रीको प्रयोग कठिन हुने गरेको विभिन्न सर्वेक्षणले देखाएको छ । त्यसैले पाँच वर्षभन्दा पुराना ब्याट्री लामोे दूरीमा प्रयोग गर्दा समस्या देखिन सक्छ । 
  • कारभित्र सोझै सूर्यको किरण प्रवेश गर्न दिनुहुँदैन । साथै, आपत्कालीन टुल्स बक्स छुटाउनुहुँदैन ।
  • सकभर आवश्यकभन्दा धेरै तेल हालेको राम्रो हो । बाटोमा तेल सकिएमा वा अझ नपाइने स्थानमा यस्तो भएमा समस्या पर्न सक्छ ।