- अभिभावकले बालबालिकालाई उपदेश दिने मात्र होइन कि आफूलाई उदाहरणको रूपमा प्रस्तुत गर्नुपर्छ । बालबालिकालाई निर्देशन मात्र दिएर उनीहरूको अल्छीपन कम गर्न सकिँदैन ।
- अभिभावकले बालबालिकाप्रति आशा र अपेक्षा राख्नु नराम्रो होइन । तर, हामीले राख्ने आशा र अपेक्षा सन्तुलित र प्रस्ट हुनुपर्छ । हाम्रा आशा पूरा हुँदा उनीहरूलाई प्रशंसा गर्नुपर्छ, आशा पूरा नहुँदा पनि उनीहरूलाई सुधारका निम्ति प्रेरित गर्नुपर्छ । यसले उनीहरूको आत्मविश्वास बढेर जान्छ । आत्मविश्वास अल्छीपनका लागि ठूलो उपचार हो ।
- केटाकेटीलाई हामीले घरेलु काममा पनि सहभागी गराउने गर्नुपर्छ । घरको भान्साको काम, करेसाबारी, सरसफाइजस्ता कार्यमा उनीहरूलाई सहभागी गराउनुपर्छ । यसले उनीहरूको सहभागितामूलक सीप बढेर जान्छ । यो सिकाइलाई अभिप्रेरित गर्ने राम्रो माध्यम पनि हो । यसले उनीहरूको जीवनलाई हेर्ने शैली पनि परिष्कृत हुन्छ ।
- हिजोआज मोबाइल, टिभीमा भिडियो गेम तथा स्क्रिनको बढी प्रयोगका कारण बालबालिकाको घरबाहिरको क्रियाकलाप घटेको छ । जसकारण उनीहरूको इच्छाशक्तिमा ह्रास आउँदै छ र अल्छीपन बढेको छ । हामीले सधैँ उनीहरूलाई पाठ्यपुस्तक तथा स्कुलबाहिरका गतिविधिमा पनि सहभागी गराउनुुपर्छ । घरबाहिरका क्रियाकलाप तथा सामाजिक कार्यमा सहभागी गराउनुपर्छ । बालबालिकाको मनोसामाजिक स्वास्थ्यका लागि पनि यो जरुरी छ ।
- बालबालिकाको अल्छीपनको कारण उनीहरूको खानपान र जीवनशैली पनि हो । यसले मोटोपनलगायतका विभिन्न समस्या निम्त्याउँछ । उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि पर्याप्त निद्रा पनि आवश्यक छ । बढ्ने उमेरका बालबालिकाले पर्याप्त सुत्नुपर्छ । निद्रा नपुग्दा पनि केटाकेटी अल्छी हुन्छन् । त्यसैले सन्तुलित भोजन र निद्राको महत्व बुझाउनुपर्छ ।
बालबालिकामा अल्छीपन कम गर्न के गर्ने ?
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
३ हप्ता अघि
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
४ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
३ हप्ता अघि
भाइरल ज्वरो आउँदा के गर्ने ?
४ हप्ता अघि
घरैबाट ध्यान, विकासमा योगदान
३ हप्ता अघि
सुझावित समाचार
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…
कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर
काठमाडौं । बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुम सञ्चालनमा आएको छ। सोमबार सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिके…
बढे रुघाखोकी र ज्वरोका बिरामी
अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा…
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …