Skip This
श्रीलंकालाई १० विकेटले हराउँदै भारत च्याम्पियन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Saturday, 27 July, 2024
तस्बिर : एपी
२o८o भदौ ३१ आइतबार १८:२३:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

श्रीलंकालाई १० विकेटले हराउँदै भारत च्याम्पियन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार १८:२३:oo

मोहम्मद सिराजको उत्कृष्ट प्रदर्शनप्रेरित भारतले एसिसी एसिया कप २०२३ को उपाधि जितेको छ। कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालमा भारतले घरेलु टोली श्रीलंकालाई १० विकेट हराउँदै आठौँपटक एसिया कपको उपाधि जितेको हो। 

भारतले पाँच वर्षपछि उपाधि जितेको छ। सन् २०१८ यता भारत उपाधिविहिन थियो। योसँगै भारतले एसिया कपको उपाधि सर्वाधिक आठौँपटक उपाधि जितेको छ। 

एसिया कप इतिहासमा भारतले सन् १९८४, १९८८, १९९०-९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो। भारतपछि श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ गरी ६ पटक उपाधि जितेको छ। पाकिस्तानले सन् २००० र २०१२ गरी दुईपटक उपाधि जितेको हो। 

१६औंँ संस्करणको फाइनल खेलमा श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले ६/१ ओभरमा विनाविकेट क्षतिमा भेट्टाएको थियो। भारतको लागि ओपनर सुभमन गिलले २० बलमा २८ र ईशान किसनले १७ बलमा २२ रन बनाए कप्तान तथा नियमित ओपनर रोहित शर्माको स्थान श्रीलंकाविरुद्ध किसनले लिएका थिए। 

यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले खराब प्रदर्शन गर्दै मात्र ५० रन बनाएको हो। श्रीलंका १५/२ ओभरमा अलआउट भएको थियो। 

तीव्रगतिका बलर सिराज र हार्दिक पांड्या चम्किएपछि श्रीलंका सस्तैमा समेटिएको थियो। सात ओभर बलिङ गरेका सिराजले २१ रन खर्चिएर ६ विकेट लिए।  पांड्याले २/२ ओभरमा तीन रन खर्चिँदै तीन विकेट लिएका हुन्। 

ब्याटिङतर्फ घरेलु टोलीका कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए। दुसान हेमन्था १३ रनमा अविजित रहे। 

सिराजले चौथो ओभरमा चार विकेट लिएपछि भारत उत्कृष्ट लयमा देखिएको थियो। श्रीलंकाले चौथो ओभरमा पथुम निसन्का, सदिरा समाराविक्रम, चरिथा असलंका र धनञ्जय डी सिल्भालाई गुमाएको थियो।

मोहम्मद सिराजले ओभरको पहिलो बलमा निसन्कालाई व्यक्तिगत दुई रनमा रवीन्द्र जडेजाबाट क्याच गराएका थिए। तेस्रो बलमा सामाराविक्रम एलबिडब्लु हुन पुगे। चौथो बलमा असलंका ईशान किसनबाट क्याचआउट भएका थिए। ओभरको अन्तिम बलमा डी सिल्भा व्यक्तिगत चार रन बनाउँदा विकेटकिपर केएल राहुलबाट क्याच भएका हुन्। 

यसअघि पहिलो ओभरको तेस्रो बलमा जस्प्रित बुमराहले कुशल परेरालाई राहुलबाट क्याच गराएका थिए। पांड्याले १५/१ र १५/२ बलमा लगातार दुई विकेट लिँदै श्रीलंकालाई अलआउट गराएका थिए।