Skip This
चिकित्सकमाथि आक्रमण गर्नेलाई  कारबाही हुन्छ : प्रधानमन्त्री 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २८ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २८ बिहीबार १७:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चिकित्सकमाथि आक्रमण गर्नेलाई  कारबाही हुन्छ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २८ बिहीबार १७:१२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताएका छन्। नेपाल चिकित्सक संघको आज ज्ञापनपत्र बुझ्दै उनले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्। 

संघका उपाध्यक्ष डा. प्रकाश बुढाथोकीले प्रधानमन्त्री प्रचण्डले सार्वजनिक स्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने जो-कोहीलाई उन्मुक्ति नदिने प्रतिबद्धता जनाएको बताए। 

संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ। 

यही भदौ २७ गते हेटौँडामा रहेको सन्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त बिडारीलाई बिरामीको उपचार गरिरहेको वेला सांघातिक आक्रमण गरिएको थियो।

उक्त घटनाको विषयलाई लिएर आज प्रधानमन्त्रीसँग संघको टोलीले भेट गरेको थियो। संघले नियमित रूपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा बिरामीलाई पठाइएको र बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्नेजस्तो अस्वाभाविक र अमानवीय घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ। 

डेंगु संक्रमण भएपछि थप उपचारका लागि सन्चो अस्पतालबाट चिकित्सकहरूले चितवन ‘रिफर’ गरेको र उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सन्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए।