
सेयर बजार आज हरियाली छाएको छ। मंगलबार साढे १९ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज ३९.४८ अंले बढेर २००७.०६ बिन्दुमा उक्लिएको छ।
आज सबै समूहको सेयर बढेको छ। यसमा पनि विकास बैंक, होटेल, जलविद्युत्, बिमा र व्यापार समूहको सेयर उच्च अंकले बढेको छ। यस दिन शुभम् पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ।
आज दुई सय ७५ कम्पनीका ५१ लाख ४४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४९ करोड ५५ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै एनआइसी एसिया बैंकको सात करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। समग्रमा बजार बढे पनि थ्री स्टार हाइड्रोपावरको सेयर भने आठ प्रतिशतले घटेको छ।