मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २६ मंगलबार १३:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाली श्रमिकको हितमा काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २६ मंगलबार १३:५७:००

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्। 

श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी दुई दिवसीय अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली कामदारले अनेकन समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिएका हुन्। 

सरकारले पहिलोपटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नुपरेका समस्या र कठिनाइबारे छलफल गरेको हो। कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्ट राख्नुका साथै आगामी कार्ययोजनासमेत निर्माण गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले अन्तर्क्रियामा राजदूतहरूले उठाएका विषय सम्बोधन गर्दै निर्देशित गरे। सम्बोधनमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवर्द्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिए।