अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष र महासचिवविरुद्ध बहुमत सदस्यहरुले अविश्वास प्रस्ताव दर्ता गराएका छन्।
एन्फाका ८६ मध्ये ४८ सदस्यले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासमक्ष अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गराएका हुन्।
असन्तुष्ट जिल्ला र क्लबका पदाधिकारीले बिहानै इमेलमार्फत पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। नेतृत्व पक्षले आफूहरूले राखेको कुनै पनि प्रस्ताव र सुझावको सुनुवाइ नगरेको भन्दै उनीहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।
प्रस्ताव दर्ता भएसँगै विधानको धारा ४१ अनुसार नेम्बाङ र राई स्वतः निलम्बनमा परेका छन्।