मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ २४ आइतबार
  • Tuesday, 01 September, 2026
२o८o भदौ २४ आइतबार १३:o८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

गुल्मीमा महोत्सव, युथ फेस्टिभल र पालिकास्तरीय भलिबल कप हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २४ आइतबार १३:o८:oo

जिल्लाकाे पर्यटन प्रवर्द्धन तथा सदरमुकामलाई चलायमान बनाउने उद्देश्यले गुल्मी महोत्सव, रेसुंगा युथ फेस्टिभल र पालिकास्तरीय भलिबल कप २०८० आयोजना हुने भएको छ। 

गुल्मी उद्योग संघले आगामी कात्तिक १५ देखि २५ गतेसम्म औद्योगिक एवं व्यापार मेलाको आयोजना गर्दै छ। 

११ दिनसम्म सञ्चालन हुने महोत्सवमा साना तथा मझौला उद्योगको प्रवर्द्धन, कला संस्कृतिको पहिचान र पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गरिएको आयोजक गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए। 

गुल्मी जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुराउने र सदरमुकामलाई थप चलायमान बनाउन महोत्सवको आयोजना गरिएको अध्यक्ष भुसालले बताए। महोत्सव रेसुंगा नगरपालिका– ९ को उपल्लो तम्घासमा हुनेछ। 

रेसुंगा युथ फेस्टिभल 

गुल्मीमा सात युवा क्लबको आयोजनामा रेसुंगा युथ फेस्टिभलको आयोजना गरिएको छ। सफल डायरिजको संयोजनमा अन्टेस्ट युवा क्लब, फोर्टिन स्टार युवा क्लब, पुल्चोक स्पोर्टस् क्लब, खुकुरी ब्यान्ड, कोब्रा ग्रुप र योङ व्याइजको रेसुंगा युथ फेस्टिभलको आयोजना गरिएको छ। 

असोज ५ र ६ गते आयोजना गरिएको रेसुंगा युथ फेस्टिभलमा चित्रकला प्रतियोगिता, कवितावाचन, वृत्तचित्र प्रदर्शनी, नेपालका ख्यातिप्राप्त सम्भोज मल्ल, रोनी दाहाललगायत कालरात्रि र खुकुरी ब्यान्डको सडक कला र संगीत प्रदर्शनी एवं लागुऔषध दुर्व्यसनीविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न हुने सफल डायरिजका अध्यक्ष सफल श्रेष्ठले जानकारी दिए। 

उनले युवाहरूको भावनालाई एकीकृत गर्ने र जिल्लाको पहिचान दिलाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको बताए। रेसुंगा युथ फेस्टिभल बुढाथोकी बसपार्क र चिदीचौरमा आयोजना गरिएको छ। 

भलिबल कप २०८०

जिल्ला भलिबल संघ गुल्मीले पालिकास्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएकाे छ। आगामी कात्तिक १५ गतेदेखि १८ गतेसम्म प्रथम गुल्मी जिल्ला भलिबल कप २०८० सञ्चालन हुने संघका महासचिव नारायण आचार्यले जानकारी दिए। 

उनले नेपालको राष्ट्रिय खेल भलिबलको विकास तथा विस्तार र राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले चिदीचौरमा पालिकास्तरीय भलिबल  प्रतियोगिता आयोजना गरिएको बताए।