मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १७ बुधबार
  • Wednesday, 04 October, 2023
२०८० भदौ २३ शनिबार १८:२२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंकामा ६ महिनामा भित्रियो तीन अर्ब ८० करोड अमेरिकी डलर रेमिट्यान्स  

Read Time : < 1 मिनेट
२०८० भदौ २३ शनिबार १८:२२:००

श्रीलंकाले यो वर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।

जनवरीदेखि अगस्टसम्मको अवधिमा त्यहाँका आप्रवासी कामदारले ३८६२‍.७ मिलियन अमेरिकी डलर पठाएकाे श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले जनाएकाे छ। 

'यो वर्षको पहिलो ६ महिनामा तीन अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७४.४ प्रतिशतले बढी हो,' श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले शनिबार जानकारी दिइन्। 

सामाजिक सञ्जाल एक्स (ट्विटर)मा उनले अगस्टमा मात्रै करिब ५० करोड डलर रेमिट भएको बताए। श्रीलंकाको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्षको सेप्टेम्बरको सुरुसम्ममा दुई लाखभन्दा बढी श्रीलंका वैदेशिक रोजगारीका लागि मुलुकबाट बाहिरिएको मन्त्री नानायककाराले जानकारी दिए। 

श्रम तथा वैदेशिक रोजगार मन्त्रालयका अनुसार सन् २०२१ मा श्रीलंकाका कामदारले कुल पाँच अर्ब ४९ करोड डलर पठाएका थिए। यस्तै सन् २०२२ मा करिब तीन अर्ब ८० करोड डलर थियाे।