१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २२ शुक्रबार
  • Saturday, 28 September, 2024
२o८o भदौ २२ शुक्रबार २o:३५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हङकङमा १४० वर्षयताकै बढी वर्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २२ शुक्रबार २o:३५:oo

हङकङमा शुक्रबार करिब एक सय ४० वर्षयताकै सबैभन्दा बढी वर्षा भएको छ । भारी वर्षाका कारण सहरका सडक र केही सबवे स्टेसनहरू पानीमा डुबेका छन् भने विद्यालय बन्द गर्न बाध्य भएका छन् ।

सन् १९५२ मा सुरु भएको रेकर्डपछि चीनको प्रविधि केन्द्र सेन्जेनका अधिकारीहरूले सबैभन्दा बढी वर्षा भएको बताएका छन् । 

विशेषज्ञहरू भन्छन्, ‘जलवायु परिवर्तनले उष्ण कटिबन्धीय आँधीबेहरीको तीव्रता बढाएको छ । अधिक वर्षा र तीव्र हावाहुरीका कारण आकस्मिक बाढी र तटीय क्षेत्रमा क्षति भएको छ ।’

अधिकारीका अनुसार हङकङमा बिहीबारदेखि भारी वर्षा सुरु भएको थियो र मध्यरातसम्म चलेको थियो । सहरको मौसम विज्ञान कार्यालयले यसको मुख्यालयमा प्रतिघन्टा १५८.१ मिलिमिटर वर्षा रेकर्ड गरेको थियो । यो १८८४ मा रेकर्ड सुरु भएयताको सबैभन्दा धेरै हो ।

शुक्रबार अपराह्न अस्पताल प्रशासनले कम्तीमा एक सय १० जना घाइते भएका र चारजनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

पश्चिमी हङकङ टापुको किनारमा एक व्यक्ति अचेत अवस्थामा फेला परेकोमा उपचारका क्रममा अस्पतालले मृत घोषित गरेको छ । यद्यपि, अधिकारीहरूले अझै पनि मृत्यु बाढीसँग सम्बन्धित छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन् ।