१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २२ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २२ शुक्रबार १२:o३:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी बढाउनुस् समस्या समाधानको खुबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २२ शुक्रबार १२:o३:oo

मानिसहरू आफ्नो करिअरप्रति निकै सचेत हुन्छन् । तर, त्यसका बाबजुद पनि अफिसमा स–साना समस्याले मानिसलाई चिन्तित बनाइरहेका हुन्छन् । घरायसी समस्याका कारण पनि मानिसले करिअरमा राम्रो गर्न सकिरहेका हुँदैनन् । चाहे अफिस होस् वा घर, समस्याको सामना गर्ने र त्यसको समाधान गर्ने खुबीको विकास गर्न सक्नुपर्छ । यसले नै मानिसमा नेतृत्व विकास गर्छ । ठूला समस्या आउँदा कसरी सामना गर्ने ? आउनुस् केही सरल उपायबारे चर्चा गरौँ : 

-पहिले समस्याबारे मज्जाले बुझ्नुस् । समस्या बुझेपछि मात्रै समाधानतर्फ कदम बढाउन सकिन्छ ।

- यसपछि शान्तसँग बसेर समस्या समाधान गर्ने उपायबारे सोच्नुस् । कहिलेकाहीँ सहजै उपाय निस्कँदैन । त्यस्तो वेलामा सम्बन्धित क्षेत्रसँग जोडिएका विज्ञ वा सिनियर मानिससँग कुराकानी गर्न सक्नुहुन्छ । निजी जीवनसँग सम्बन्धित समस्याबारे आफूसँग नजिकका मानिससँग सल्लाह लिनुस् । करिअरसँग सम्बन्धित समस्याका लागि विज्ञसँग परामर्श गर्नुस् । 

- कतै तपाईंको समस्या समाधान गर्ने उपायले अन्यलाई त समस्यामा पार्दैन ? यस विषयबारे पनि सोच्नुपर्छ । 

एकै दिन समस्या समाधानको खुबी विकास हुन सक्दैन । बिस्तारै यसरी समाधानका विषय सोच्न थाल्नुस् । समस्याहरू आइरहन्छन्, तर तपाईं समाधानका लागि तयार रहनुस् । पुराना अनुभवबाट सिक्नुस् । बिस्तारै तपाईंमा समस्या समाधान गर्ने खुबी विकास भएर जान्छ । यसले नेतृत्व विकासको क्षमता बढाउँछ ।