१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भन्सार छली : सशस्त्र र स्थानीयबीच झडप, १४ वर्षीय किशोर घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:३o:oo

सशस्त्र प्रहरी र स्थानीयबीच झडप हुँदा नेपालगन्ज उपमहानगरपालिकामा एक किशोर घाइते भएका छन्। बिहीबार राति नेपालगन्ज– १४ चौलिका चोकका १४ वर्षीय जैयद हास्मीको दाहिने आँखामा गम्भीर चोट लागेको हो।

तस्कर र सशस्त्र प्रहरीबीच राति करिब १० बजे चौलिका चोकमा भएको झडप हेर्न बाहिर निस्किएका जैयदलाई सशस्त्र प्रहरीले बन्दुकको कुन्दाले हिर्काएको उनका दाजु समीर खानले बताए। भेरी अस्पतालमा प्रारम्भिक उपचारपछि जैयदलाई फत्ते बाल आँखा अस्पताल नेपालगन्ज रेफर गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बाँकेका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक लक्ष्मण थापाका अनुसार स्थानीय र सशस्त्रबीच करिब एक घन्टा झडप भएको थियो। थापाले जैयदलाई सशस्त्र प्रहरीले हानेको नभई झडपका क्रममा स्थानीयले फालेको ढुंगाले लागेको जिकिर गरे। ‘हाम्रो टोलीले कसैलाई आक्रमण र धरपकड गरेको छैन। बरु स्थानीयले फालेको ढुंगा जैयदलाई लागेको हुनुपर्छ,’ उनले भने ।

स्थानीयले फालेको ढुंगा लागेर सशस्त्र प्रहरीका दुईजना जवान घाइते भएको बताउँदै उनले नेपाल प्रहरी आएपछि ढुंगामुढा रोकिएको बताए। ‘स्थानीयभन्दा हाम्रोतर्फ धेरै क्षति भएको छ। गाडीको सिसा फुटेको छ । दुईवटा ढालासमेत भाँचिएको छ,’ थापाले भने।

उनले स्थानीयले यसअघि पनि आक्रमण गरेको आरोप लगाए। ‘उहाँहरू भारतबाट निर्वाध रूपमा सामान ल्याउन पाउनुपर्छ भन्नुहुन्छ। हामीले राज्यको नियमअनुसार राजस्व तिर्नुस् भन्छौँ। भारतबाट निर्वाध रूपमा सामान ल्याउन नपाउँदा उहाँहरू हामीमाथि आक्रमण गर्नुहुन्छ। अहिले पनि त्यही भएको हो,’ थापाले भने।

यसरी भएको थियो घटना
रातको करिब १० बजे भन्सार कार्यालयबाट ६० किलोग्रामको भन्सार गराएको हार्डवेयरको सामान चौलिका चोकमा आइपुग्यो। उक्त सामान कम भन्सार गराएर ल्याएको शंका लागेपछि चौलिका चोकमा रहेको सशस्त्र प्रहरीले उक्त सामान फेरि भन्सार कार्यालय पठाउनुपर्ने बतायो।

तर, सामान ल्याउने स्थानीयले इन्कार गरे। छलफल भइरहेकै वेला चौलिकाका अन्य महिलाले भारतीय सीमावर्ती बजार रुपैडिहाबाट चामल लिएर आए। उक्त चामल पनि सशस्त्र प्रहरीले रोकेर भन्सार गराउन भन्यो। तर, महिलाले पनि मानेनन्।

स्थानीय र सशस्त्र प्रहरीबीच झडपको स्थितिसम्म पुग्यो। ‘हाम्रो टोलीले भन्सारका लागि सामान भन्सार कार्यालयमा पठाउने अडान लियो। स्थानीयले पठाउन हुन्न भन्ने अडान लिए। त्यसपछि हाम्रो टोलीमाथि स्थानीयले आक्रमण गरे,’ प्रनाउ थापाले भने।

तर, स्थानीयहरू सशस्त्र प्रहरीको दाबीमा कुनै सत्यता नभएको बताउँछन्। स्थानीय समीर खानले चामल ल्याउँदै गरेका महिलामाथि सशस्त्रले हातपात गरेपछि स्थानीयले ढुंगामुढा गरेको आरोप लगाए। ‘सशस्त्र प्रहरीको ज्यादतीविरुद्ध स्थानीयले ढुंगामुढा गरेका हुन्। स्थानीयको तर्फबाट ढुंगामुढा भएपछि प्रहरीले बल प्रयोग गरी बन्दुकको कुन्दा र लात्तीले हिर्काए,’ उनले भने।

ad
ad