१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१८:oo

गाउँमा उपलब्ध स्ट्रेचर स्थानीय स्वास्थ्य चौकीभित्र भएको र १० बजेपश्चात् मात्र स्वास्थ्य चौकी खुल्ने भएकाले राममायालाई हिँडाएरै अस्पताल लगिँदै थियो

लमजुङमा एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन्। लमजुङको बेँसीसहर नगरपालिका- ११ चिती बरबोट चेपाङटारकी २४ वर्षीया राममाया चेपाङ शुक्रबार बिहान अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी भएकी हुन्।

गाउँसम्म पुग्ने मोटरबाटो सहज नभएकाले शुक्रबार बिहान अस्पताल लैजाने तयारी गरिएको भए पनि गाउँमा उपलब्ध स्ट्रेचर स्थानीय स्वास्थ्य चौकीभित्र भएको र १० बजेपश्चात् मात्र स्वास्थ्य चौकी खुल्ने भएकाले राममायालाई हिँडाएरै बरबोटबाट अस्पताल लैजान खोजिएको थियो । राममाया चेपाङलाई सुत्केरी बेथा लागेपछि हिँडाएर गैरीतर्फ लैजाँदै गर्दा बाटोमा बच्चा जन्मिएको स्थानीय अमृता चेपाङले बताइन् । उनले छोरी जन्माएकी छिन् । 

मकवानपुरबाट बसाइँसरी आएका उनको परिवार अरूको घरमा आश्रय लिई यहाँ बसेर ज्याला–मजदुरी गर्ने गरेको स्थानीय सञ्चारकर्मी सिर्जनबाबु पन्तले जानकारी दिए । अहिले राममाया र नवजात शिशुको स्वास्थ्य स्थिति सामान्य रहेको छ । बच्चा जन्मिएपछि उनलाई घर लगिएको छ । राममायाका यसअघि दुई छोरा र एक छोरी रहेका छन् ।

ad
ad