१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १० आइतबार
  • Saturday, 28 September, 2024
केदार बस्नेत धरान
२o८o भदौ १० आइतबार o६:३१:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
केदार बस्नेत धरान
नयाँ पत्रिका धरान
२o८o भदौ १० आइतबार o६:३१:oo

सम्भावित परिस्थितिको आकलन गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि धरान शनिबार शान्त रह्यो । प्रशासनको कदमले सामाजिक सद्भाव कायम राख्न सहज भएको राजनीतिक दलका नेताहरूको प्रतिक्रिया छ । 

धार्मिक तथा साम्प्रदायिक विवादलाई मध्यनजर राखेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा लगाएका कारण धरानमा शनिबार गर्ने भनिएका र्‍याली रोकिएका छन् । धरान प्रवेश गर्ने मुख्य नाका कोसी राजमार्गको तरहरामा नै र्‍याली रोकिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । 

हिन्दू सनातनीहरूले इटहरीदेखि तरहरास्थित पानीपियासम्म सद्भाव र्‍याली र त्यसपछि कोणसभा गरेका थिए । कुनै पनि अप्रिय घटना नभएपछि धरानका पूर्वनगरप्रमुखहरू, राजनीतिक दलका नेता तथा नागरिक अगुवाहरूले खुसी व्यक्त गरेका छन् । एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले धरान सधैँ शान्त रहने बताए । जनमुक्ति पार्टी धरानका अध्यक्ष विष्णु थाम्देनले प्रशासनले निषेधाज्ञा जारी गरेर राम्रो गरेको प्रतिक्रिया दिए ।