मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ ७ बिहीबार १७:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘राप्रपा नेपालको अबको मुख्य एजेन्डा राजसंस्था पुनःस्थापना’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ ७ बिहीबार १७:३०:००

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पार्टीको अबको मुख्य एजेन्डा राजसंस्थाको पुनःस्थापना भएको बताएका छन्।

बिहीबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले राजसंस्था पुनः स्थापनाको एजेन्डा पार्टीले महत्वपूर्ण एजेन्डाको रूपमा अघि बढाउने प्रस्ट पारे। विगतमा पार्टीको एजेन्डा राजासंस्था नरहेको भए पनि देशको वर्तमान अवस्था र कार्यकर्ताको भावनालाई समेट्दै राजसंस्थासहितको प्रजातन्त्रलाई मुख्य एजेन्डा बनाउन लागिएको थापाको भनाइ छ।

‘विगतमा पार्टीको एजेन्डा राजासंस्था नरहेको भए पनि देशको वर्तमान अवस्था र पार्टीका सहयोगी र शुभचिन्तक र आमकार्यकर्ताको भावनालाई समेट्दै राजसंस्थासहितको प्रजातन्त्र राप्रपा नेपालको मुख्य एजेन्डा रहनेछ। राजसंस्था पुनः स्थापनाको एजेन्डा पार्टीले महत्वपूर्ण एजेन्डाको रूपमा अघि बढाउनेछ,’ उनले भने।

अध्यक्ष थापाले संघीय गणतन्त्रलाई भ्रष्ट व्यवस्था भन्दै नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार सम्पन्न प्रधानमन्त्रीय प्रणाली उपयुक्त हुने धारणा राखे।