मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ७ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ७ बिहीबार १o:५३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पूर्वाधार विकास सम्पर्क कार्यालय खोल्दै महानगर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ७ बिहीबार १o:५३:oo

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले पूर्वाधार निर्माण र मर्मत–सम्भारका लागि सम्पर्क कार्यालय स्थापना गर्ने बताएका छन् । पूर्वाधार विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूसँग बुधबार सम्पन्न बैठकमा मेयर साहले कार्यालय स्थापनाबारे जानकारी दिएका हुन् ।

उनले विकासका दायित्व भएका कार्यालय फरक ठाउँमा हुँदा एक–अर्काको जिम्मेवारी भन्दै तर्किन सजिलो भएको बताए । यसलाई अन्तरसम्बन्धित बनाउन साझेदार कार्यालयलाई अनुरोध गरे पनि नतिजा नदेखिएको उनको भनाइ थियो । त्यसैले सबै कार्यालयका प्रतिनिधि रहने गरी महानगरमा सम्पर्क कार्यालय स्थापना गर्न लागिएको उनले बताए । उनले भने, ‘सबै कार्यालयका प्रतिनिधि एकैठाउँमा भेटिएपछि सेवाग्राहीले समस्या लिएर ठाउँठाउँमा धाउनुपर्दैन ।’ 

बैठकले सम्पर्क कार्यालय स्थापना गर्ने, पानी तथा ढल चुहावट भएको ठाउँमा तत्काल महानगरपालिकाले मर्मत–सम्भार गर्ने त्यसको खर्च सम्बन्धित कार्यालयले व्यहोर्नुपर्ने र अनुमति नलिई कसैले पनि सडक खन्न नपाउने निर्णय गरेको छ ।

ढल निकास, टेलिफोन तथा विद्युत् सेवा, खानेपानी वितरण प्रणाली जुनसुकै क्षेत्रको काम गर्नुपरे पनि अब महानगरपालिकाको स्वामित्वमा भएका सडक खण्डमा काम गर्न महानगरपालिकासँग र सडक विभागको स्वामित्वमा भएका सडक खन्न विभागसँग स्वीकृति लिनुपर्नेछ ।

सडकमा भएका खाल्टाखुल्टी लामो समयसम्म नटालिने गरेको, त्यसको जिम्मेवारी कसैले नलिने जसको कारणले नागरिकलाई सास्ती भइरहने, पूर्वाधार भत्किने क्रम नरोकिने अवस्थाका विषयमा छलफल गर्दै बैठकले यस्तो निर्णय गरिएको हो ।