काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका बेरोजगारलाई लक्षित गर्दै श्रम बैंक परियोजना सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीतिअनुरूप, सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत–सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा आवश्यक श्रमशक्ति आपूर्तिलाई निरन्तरता दिन तथा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत रोजगार उपलब्ध गराउने उद्देश्यले श्रम बैंक परियोजना सञ्चालनमा ल्याइएको हो ।
महानगरमा भएका बेरोजगारहरू तथा रोजगारदातालाई एउटै प्लेटफर्ममा ल्याई रोजगारीको अवसर बढाउने तथा श्रम बैंक परियोजना सुरु गरिएको हो । महानगरले बेरोजगारलाई पूर्वाधार विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक विकासका क्षेत्रमा रोजगारी दिने जनाएको छ ।