मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Friday, 28 August, 2026
२o८o भदौ ३ आइतबार १६:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा मनाइयो १७औँ राष्ट्रिय सूचना दिवस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार १६:१९:oo

सिराहामा विभिन्न कार्यक्रम गरी १७औँ राष्ट्रिय सूचना दिवस मनाइएको छ। 

सिराहा पुस्तकालयको आयोजनामा सूचना मागौँ, भ्रष्टाचार अन्त गरौँ नारासहित प्रभातफेरी र समुदाय जागरण अभियानअन्तर्गत सरोकारवालाको सहभागितामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे हाे। 

सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा सिराहा पुस्तकालयको आयोजनामा दिवस मनाइएको हो।

सिराहा सदरमुकामको सहिद राजेश ठाकुर पार्कदेखि निकालिएको प्रभातफेरी सिराहा बजारको परिक्रमा गरी सिराहा पुस्तकालयमा पुगेर अन्तर्क्रियामा परिणत भएको थियो।

अन्तर्क्रियामा मधेस प्रदेशका पूर्वराज्यमन्त्री सञ्जयकुमार यादव, प्रदेश सभा सदस्य जिवछीकुमारी यादव, सहायक प्रमुख जिल्ला अधिकारी आनन्दराज पौडेल, नेपाल प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बूलगायत विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो। 

अन्तर्क्रियामा सूचना लुकाउँदा त्यसले भ्रष्टाचार बढाएको भन्दै सूचनाको सहज पहुँच र सदुपयोगका लागि सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने माग सहभागीले गरेका थिए। 

सूचनाको हकसम्बन्धी अभियानमा लागेका दुईजनालाई सम्मान गरिएको छ। सूचनाको अभियान सफल बनाउन लामो समयदेखि लागेका पत्रकार बद्रीनारायण यादव र सूचना अभियन्ता परशुराम साहलाई खादा ओढाएर सम्मान गरिएको हो।

सिराहा पुस्तकालयका अध्यक्ष सुरेन्द्रकुमार कामतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सूचनाको हकसम्बन्धीको कार्यपत्र सूचना अभियन्ता साहले प्रस्तुत गरेका थिए। ०६४ साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भई भदौ ३ गतेदेखि लागू भएको थियो।