सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन राजनीतिक दलहरूबीच सहमति गर्नुबाहेकको विकल्प नरहेको बताएका छन्।
आइतबार संसद्को अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले संसद्को अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अड्किएको बताए।
दलहरूको बीचमा समझदारीको वातावरण बन्न सके संसद् अवरोध हट्ने उनको भनाइ थियो। सभामुख घिमिरेले संसद्को अवरोध हटाउन आफूले दलका नेताहरूसँग बसेर छलफल गरिरहेको बताए।