१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Monday, 15 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ३ आइतबार ११:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

वर्षामा दूषित पानीले फैलाउँछ यस्ता रोग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार ११:३३:oo

वर्षामा दूषित पानीले धेरै समस्या निम्त्याउने गरेको पाइन्छ । बाढी–पहिरोका कारण पानीको मुहान प्रदूषित भएको हुन सक्छ । सहरी क्षेत्रमा ढल फुटेर खानेपानीमा मिसिनेलगायत विभिन्न समस्या देखिन्छन् ।

खुला रूपमा गरेको दिसा–पिसाब खोलानाला, पोखरीमा मिसिने र त्यहाँको पानी मानिसले पिउँदा विभिन्न रोग लाग्ने हुन्छ । दूषित पानी प्रयोगले सुरुमा बान्ता हुने, पेट दुख्ने, झाडापखाला लाग्ने हुन्छ । झाडापखाला गराउने भाइरस तथा ब्याक्टेरियाले हैजा, टाइफाइड हुन सक्छ ।

कसैकसैमा दिसामा आउँ पर्ने, रगत देखिने र कसै–कसैलाई ज्वरो आउनेसमेत हुन्छ । झाडापखाला, टाइफाइड, जन्डिस गराउने भाइरस (हेपाटाइटिस) पनि फोहोर पानीका कारणले हुने गर्छ । छालासम्बन्धी रोग पनि देखिन सक्छ । 

संक्रमित व्यक्तिले सावधानी नअपनाएमा अरू व्यक्तिमा सर्ने गर्छ । हामीले खोला, धारा, इनारबाट पानी प्रयोग गर्छौं । खानेकुरा त्यही पानीले पखाल्छौँ, नपकाई खाने फलफूल तरकारी दूषित पानीले पखालेर खायौँ भने पनि रोग सर्न सक्छ । संक्रमित व्यक्तिले सरसफाइमा ध्यान नदिँदा टाइफाइडजस्ता रोग अरूलाई सर्न सक्छ । 

कसरी बच्ने ?
- आफूले पिउने पानी कहाँबाट आएको हो, बुझ्नुपर्छ । इनारको पानी हो भने इनारवरपर पर्खाल लगाएर बगेर आउने पानी मिसिन दिनुहुँदैन । पाइपको पानी हो भने पाइप फुटेर फोहोर मिसिएको छ÷छैन, जाँच गर्ने गर्नुपर्छ । पानी सधैँ उमालेर, फिल्टर गरेर वा शुद्धीकरण विधि अपनाएर मात्र पिउनुपर्छ । 
- खाना खानुअघि, चर्पी गएर आएपछि, साबुनपानीले सफासँग हात धुनुपर्छ । 
- काँचो फलफूल, सागसब्जी खानुहँुदैन । सफा पानीले धोएर मात्र खानुपर्छ । पखाल्दा पानी सफा हुनुपर्छ । 
- आफ्नो घरवरपरको वातावरण सधैँ सफा राख्नुपर्छ । फोहोर विसर्जन राम्रोसँग गर्नुपर्छ । 
- जथाभावी दिशा, पिसाब गर्नुहुँदैन । शौचालय सधैँ सफा राख्नुपर्छ । 
- जथाभावी फोहोर फाल्नुहुँदैन । उचित व्यवस्थापन गर्र्नुपर्छ ।

समस्या देखिएमा 
- झाडापखाला लागेमा जीवनजल खानुपर्छ । यदि जीवनजल छैन भने नुन–चिनी–पानी उमालेर खानुपर्छ । झोलिलो खानेकुरा प्रशस्त खानुपर्छ । 
- दिनमा पाँचपटकभन्दा बढी पखाला लागे, बान्ता हुने, खान मन नलाग्ने भएमा स्वास्थ्य संस्थामा जानुपर्छ । 
- ज्वरो आएको अवस्थामा सिटामोल लिन सकिन्छ । यसबाहेक अन्य औषधि चिकित्सकको सल्लाह नलिई प्रयोग गर्नुहुँदैन । 
- थप समस्या आए चिकित्सकसँग परामर्श गर्नुपर्छ । 

ad
ad
ad
ad