मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Wednesday, 15 January, 2025
२o८o भदौ ३ आइतबार १o:o१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बोटको स्याउ बोरामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार १o:o१:oo

मनाङको तल्लो क्षेत्रका किसान स्याउ टिप्न व्यस्त

फागुन–चैतमा ढकमक्क फूल लागेका बोटमा यतिवेला पाकेका स्याउ लटरम्म छन् । किसानहरू स्याउ टिप्दै बोरा भर्दै छन् । हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नसोँ गाउँपालिका– ८ ताचैका सोमराज गुरुङको परिवार हिजोआज बिहानैदेखि बगैँचामा स्याउ टिप्न व्यस्त छ ।

उनको बारीमा गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउ छन् । अहिले गाला जातिको स्याउ पाकेको छ । अबको एक सातामा फुजी र दुई सातामा गोल्डेन जातको पनि टिप्न तयार हुन्छन् । उनले २५ रोपनी जग्गामा लगाइएको स्याउ ठेक्कामा लिएर व्यापार गरिरहेका छन् । 

सोमराजलगायत किसानले इटालीबाट बिरुवा ल्याएर हाइडेन्सिटी प्रविधिमा चार जातका स्याउ खेती गर्दै आएका छन् । यहाँको स्याउको बजार बेँसीसहर, पोखरा, काठमाडौं र चितवन हो । माथिल्लो मनाङमा भने स्याउ पाक्ने समय अझै भएको छैन ।