Skip This
कोभिडको खोप लगाइदिन २० हजार घुस माग्ने हेल्थ असिस्टेन्टलाई एक महिना कैद फैसला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १ शुक्रबार
  • Saturday, 27 July, 2024
शिल्पा कर्ण काठमाडौं
२o८o भदौ १ शुक्रबार २o:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिडको खोप लगाइदिन २० हजार घुस माग्ने हेल्थ असिस्टेन्टलाई एक महिना कैद फैसला

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १ शुक्रबार २o:२८:oo

निःशुल्क लगाइदिनुपर्ने कोभिड– १९ को खोप लगाइदिन २० हजार रुपैयाँ घुस माग्ने हेल्थ असिस्टेन्टलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ । शुक्रबार विशेषको इजलासले महोत्तरीको सनषुडा स्वास्थ्यचौकीमा कार्यरत अजयकुमार साहलाई सजाय सुनाएको हो । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले यस्तो आदेश दिएको हो । साहले लिएको रकमबराबर २० हजार रुपैयाँ उनलाई जरिवाना हुने फैसलामा उल्लेख छ । 

मुद्दा दर्ता भएको डेढ वर्षपछि विशेषले फैसला गर्दै आंशिक ठहर हुने निर्णय सुनाएको हो । यस मुद्दाका प्रतिवादी कृष्णकुमार यादवले सफाइ पाएका छन् । 

सनषुडास्थित स्वास्थ्यचौकीमा कार्यरत साहको निर्देशनमा घुस लिएका यादवले सफाइ पाएका हुन् । साहले भनेबमोजिम रकम घुस लिन गएका यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान टंगालको टोलीले नियन्त्रणमा लिएको थियो । 

बयानका क्रममा साहको निर्देशनमा उक्त रकम लिएको भनी यादवले बताएका थिए । सेवाग्राहीलाई कोभिडविरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाइदिने कार्यका निम्ति साहले उक्त रकम माग गरेको खुलेको थियो । 

घुस रकम लिइसकेको अवस्थामा पक्राउ परेका यादव र साहलाई प्रतिवादी बनाई १२ माघ ०७८ मा अख्तियारले मुद्दा चलाएको थियो ।