१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १ शुक्रबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १ शुक्रबार o७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया क्यापिटलको ४६ प्रतिशत लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १ शुक्रबार o७:३९:oo

एनआइसी एसिया क्यापिटल लिमिटेडले चुक्ता पुँजीको ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । क्यापिटलको सातौँ वार्षिक साधारणसभाले करसहित कुल नौ करोड २० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  

साधारणसभाले सामान्य प्रस्तावअन्तर्गत आव ०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै ०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको जनाइएको छ ।

सभामा क्यापिटलका अध्यक्ष सन्तोषकुमार राठीले क्यापिटलले आव ०७९/८० मा १० करोड ४२ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ११ पैसा कायम गरी सञ्चालनमा रहेका मर्चेन्ट बैंकहरूमध्ये खुद मुनाफा तथा प्रतिसेयर आम्दानीका आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको बताए ।

क्यापिटल स्थापना भएको ६ वर्ष चार महिनाको छोटो अवधिमै हाल सञ्चालनमा रहेका २५ वटा मर्चेन्ट बैंकहरूमध्ये निक्षेप सदस्य सेवाअन्तर्गत ६ लाख ६७ हजार डिम्याट खाता खोली पहिलो स्थान ओगट्न सफल भएको जनाइएको छ । 

म्युचुअल फन्ड सेवाअन्तर्गत एउटा खुलामुखी योजनासहित पाँचवटा योजना सञ्चालन गरी म्युचुअल फन्डको संख्या तथा व्यवस्थापन गरेको रकमका आधारमा तेस्रो स्थानमा रहेको अध्यक्ष राठीले जानकारी गराएका थिए ।

त्यस्तै, लगानी व्यवस्थापन सेवाअन्तर्गत ६ सय ६५ जना ग्राहकबाट एक अर्ब ८१ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरी तेस्रो स्थान हासिल गर्न सफल भएको उनले बताए । साथै, क्यापिटलले सञ्चालनमा आएको ६ वर्ष चार महिनाको अवधिमै सेयरधनीलाई एक सय ८७ प्रतिशत रिटर्न वितरण गर्न सफल भएको उल्लेख गरे । 

ad
ad
ad
ad