मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण ३१ बुधबार ०७:३६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी विकास बैंकले पायो बिफिन एल एन्ड डी एक्सिलेन्स अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण ३१ बुधबार ०७:३६:००

महालक्ष्मी विकास बैंक बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)ले प्रदान गर्ने एल एन्ड डी एक्सिलेन्स अवार्डबाट पुरस्कृत भएको छ । कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएका कारण बैंकले गोल्ड श्रेणीअन्तर्गतको पुरस्कार प्राप्त गरेको हो ।

काठमाडौंमा सम्पन्न ‘लिडर्स फर द नेक्स जेनेरेसन : एक्स्पेक्ट द अनएक्स्पेक्टेड’ नामक कन्फरेन्समा बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बैंकको मानव संसाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए । बैंकले आमग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्घता जनाएको छ ।