Skip This
एमाले कञ्चनपुरद्वारा सातजनालाई कारबाही 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २७ बिहीबार १६:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले कञ्चनपुरद्वारा सातजनालाई कारबाही 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १६:४५:oo

नेकपा एमाले कञ्चनपुरको सात नेता–कार्यकर्तालाई कारबाही गरेको छ। गत शनिबार सम्पन्न भएको राष्ट्रिय युवा संघको १०औँ जिल्ला अधिवेशनमा पार्टी जिल्ला सदस्य, भीमदत्त नगरपालिका– १८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटामाथि कुटपिट गरेको भन्दै सात नेता–कार्यकर्तालाई कारबाही गरेको हो। 
 
एमाले कञ्चनपुरले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै देवकोटामाथि सांघातिक एवं अमानवीय रूपमा गरिएको आक्रमण पार्टी कार्यालयमा गरिएको तोडफोडलगायतको अराजक उद्दण्ड घटनामा संलग्न भएको भन्दै साधारण सदस्यदेखि जिम्मेवारी खोसेको छ। २९ साउन एमाले कञ्चनपुर सचिवालय बैठकले देवकोटालाई कुटपिट गरेको भन्दै कारबाही गरेको जनाएको छ। 

एमाले कञ्चनपुरका कावा अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज नारदमुनि रानाको प्रमुख आथित्य, केन्द्रीय सदस्यद्वय नरबहादुर धामी, कृपाराम रानाको उपस्थितिमा बसेको बैठकले एमाले जिल्ला सदस्यहरू कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी, केशव चन्दको जिल्ला कमिटी सदस्य एवं पार्टी सदस्य नरहने गरी निष्कासित गरेको छ। यस्तै, प्रवीण बोगटी, रोहित कुँवर र नवीन चन्दलाई पार्टी सदस्य नरहने गरी निष्कासित गरेको छ।

युवा संघको समानान्तर कमिटी विस्तारमा संलग्नलाई कारबाही गर्न कावा अध्यक्ष लक्ष्मी बुढालाई जिम्मेवारी दिइएको छ। एमाले कञ्चनपुरका कावा अध्यक्ष लक्ष्मी बुढाद्वारा हस्ताक्षरित विज्ञप्तिमा देवकोटामाथि कानुनी कारबाहीका लागि प्रशासनसँग माग अघि सारेको छ।

यसैबीच, एमालेनिकट अखिल नेपाल महिला संघ कञ्चनपुरले समेत मंगलबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै पार्टी जिल्ला सदस्य देवकोटामाथि कुटपिट गर्नेलाई कारबाहीको माग अघि सारेको छ। कञ्चनपुर प्रहरीले घटनामा संलग्नमाथि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। 
 

ad
ad