मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १२ मंगलबार
  • Tuesday, 28 November, 2023
२०८० श्रावण ३० मंगलबार १०:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगु जिप दुर्घटना अपडेट : मृतको संख्या पाँच पुग्यो 

Read Time : < 1 मिनेट
२०८० श्रावण ३० मंगलबार १०:४१:००

जिल्लाको उत्तरी सोरु गाउँपालिका– ७ चिप्लेगौडामा  जिप  दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्ला अस्पताल ल्याउँदै गर्दा  सोरु गाउँपालिका– ५ का लोकजंग नेपालीको मृत्यु भएको हो । अन्य चारजना घाइतेको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेकाे छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार हुम्ला जिल्लाको सर्केगाड– २ रिपगाउँका एकै नामथरका दुईजना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पीयूष परियारको यसअघि नै मृत्यु भइसकेको थियो ।

जिप सोमबार दिउँसो करिब ४ः४५ बजेतिर सडकभन्दा करिब दुई सय मिटर तल खसेको थियो ।