मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण २९ सोमबार १४:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारलाई बलियो बनाउन पद त्याग गरेँ : अमनलाल मोदी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण २९ सोमबार १४:४६:००

निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताएका छन्। 

राम्रो काम गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेर साथ दिएको उनले बताएका हुन्। 

सोमबार सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आफ्नो बिदाइका लागि आयोजित कार्यक्रममा बोल्दै निवर्तमान मन्त्री मोदीले वर्तमान सरकारलाई बलियो बनाउन त्याग गर्नुपर्ने अवस्था आएपछि आफूले त्यसलाई सहज ?पले लिएको बताए। 

उनले प्रधानमन्त्री प्रचण्डलाई देश र जनताको पक्षमा राम्रो काम गर्न पनि सुझाव दिए। किसान, उत्पीडित थारूको छोरा आफूलाई मन्त्री बन्ने अवसर दिएको भन्दै मोदीले प्रधानमन्त्री प्रचण्डप्रति आभार पनि व्यक्त गरे।

निवर्तमान मन्त्री मोदीले आफूले सबै पक्षलाई साथमा लिएर संघीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको, कर्मचारी व्यवस्थापनका लागि मापदण्ड तयार पारेको र सुशासनको क्षेत्रको उल्लेखनीय काम गरेको भन्दै नवनियुक्तमन्त्री अनितादेवी साहले त्यसलाई निरन्तरता दिने विश्वाससमेत व्यक्त गरे। मोदीले ६ महिना २६ दिन मन्त्रीको रूपमा कार्यभार सम्हालेका थिए।