१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

एक्समा चाँडै भिडियो कल सुविधा उपलब्ध हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४८:oo

ट्विटरलाई एलन मस्कले खरिद गरेपछि ‘एक्स’ नामले रिब्रान्डिङ गरिरहेका छन् । उनले यस सामाजिक सञ्जाललाई ‘एभ्रिथिङ एप’का रूपमा विकास गर्ने योजना सार्वजनिक गरेका थिए । कम्पनीकी सिइओ लिन्डा याकारिनोले चाँडै नै एक्समार्फत प्रयोगकर्ताका लागि कल सुविधा उपलब्ध हुने बताएकी छिन् । सिएनबिसी टेलिभिजनसँगको अन्तर्वार्तामा उनले यस्तो बताएकी हुन् । 

मस्कले २७ अक्टोबर २०२२ मा ४४ बिलियन डलरमा ट्विटर किनेका थिए । त्यसपछि उनले आधाभन्दा धेरै कर्मचारी कटौती गर्ने, ब्लक भएका कैयन् एकाउन्टलाई अनब्लक गर्ने, ब्लु सब्सक्रिप्सन सर्भिस लन्च गर्ने, नाम र लोगो परिवर्तन गर्नेलगायत परिवर्तन गरिसकेका छन् । 

ट्विटरले ब्लक गरेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्टलाई अनब्लक गर्ने मस्कको निर्णय निकै चर्चामा आएको थियो । त्यस्तै, उनले ब्लु सब्सक्रिप्सनका लागिसमेत पैसा लिन थालेका छन् । यसमा ब्लु टिक, ठूला भिडियो पोस्टलगायत फिचर्स समावेश छन् । २४ जुलाईमा उनले ट्विटरको नाम र लोगो परिवर्तन गरेर ‘एक्स’ राखेका थिए । 

ad
ad