मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २८ आइतबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण २८ आइतबार o७:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेन्ट्रल फाइनान्सद्वारा मदरसामा वित्तीय साक्षरता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २८ आइतबार o७:४२:oo

सेन्ट्रल फाइनान्स लिमिटेड भैरहवा शाखाले शुक्रबार वित्तीय साक्षरता तथा डस्टबिन वितरण कार्यक्रम गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ६ गल्लामन्डीस्थित मदरसा अरेबिया असरफिया फैजुल इसलाममा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा संस्थाको भैरहवा शाखा प्रमुख अरुण अधिकारीले मदरसालाई सात थान डस्टबिन तथा मदरसाका विद्यार्थीलाई सय थान कपी, सय थान कलम, २५ थान ज्योमेट्री बक्स वितरण गरेका थिए ।

कार्यक्रममा मदरसाका प्रधानाध्यापक फैजुल्लाह मुसलमान, शिक्षक, विद्यार्थी तथा संस्थाका कर्मचारीको उपस्थिति रहेको थियो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाका रूपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको यस संस्थाको १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।