१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २४ बुधबार
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

सत्तापक्षले संसदमा दादागिरी देखायो : महेश बर्तौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २४ बुधबार १५:४८:oo

प्रमुख प्रतिपक्ष दल एमालेका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्तापक्षले दादागिरी देखाएको टिप्पणी गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। बैठकमा सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसहरूले उठेर विरोध गर्नु दादागिरी भएको भन्दै उनले सरकारले संसद् चलाउन नचाहने स्पष्ट भएको दाबी गरे।

‘सम्माननीय सभामुखज्यूले प्रतिपक्षको तर्फबाट हाम्रा माननीय सूर्यबहादुर थापालाई आफ्ना भनाइ राख्न दिँदा प्रतिपक्षले सभामुखले समय दिएर बोल्दासमेत सत्तापक्षका माननीयहरूले उठेर अवरोध गर्नुभयो ।  सत्तापक्षको यस किसिमको दादागिरी देखापरेको छ । सरकार सदन चलाउन चाहँदैन । सत्तापक्ष संसदमा द्वन्द्व गर्न चाहन्छ,’ बर्तौलाले भने, ‘प्रतिपक्षले बोल्न पाउने अधिकारमाथि आज सत्तापक्षले संसदमा कुण्ठित गर्नुभयो। उहाँहरू योजनाबद्ध तयारीमा हुनुहुन्छ।’