१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २४ बुधबार
  • Saturday, 10 May, 2025
मुख्य समाचार डिजिटल संस्करण

एमालेको अवरोध कायमै, सुरु भएकाे ११ मिनेटमै बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २४ बुधबार १३:३६:oo

नेकपा एमालेको विरोधपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ। कार्यसूचीमा प्रवेश नै नगरी बैठक सुरु भएको ११ मिनेटमै स्थगित गरिएको हो।

बैठकको सुरुमै एमाले सांसदहरू आफ्नो स्थानबाट उठेपछि सभामुखले एमाले सांसद सूर्यबहादुर थापालाई बोल्न समय दिएका थिए। थापाले मंगलबारको बैठकमा तथ्यलाई ढाकछोप गरेर तस्करीलाई संरक्षण गर्ने गरी गृहमन्त्रीको जवाफ आएको आरोप लगाए।

लामो समयपछि मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सय किलाे सुन तस्करीको छानबिनलगायतका विषयमा स्पष्टीकरण दिएका थिए।

एमालेले उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ। तर, गृहमन्त्रीले भने सिआइबीसँग अनुसन्धानको लागि ३५ दिनको समय रहेको उल्लेख गर्दै सिआइबीको अनुसन्धानमा दुर्नियत देखिए समिति गठनको विषयमा बहस गर्न सकिने धारणा राखेका थिए।

सूर्य थापाले धारणा राखेपछि सभामुखले सांसदहरूलाई बैठक चल्ने वातावरण बनाउन आग्रह गरे पनि एमाले सांसदहरू बेल घेर्न पुगेपछि बैठक स्थगित गरिएकाे हाे। प्रतिनिधिसभाकाे अर्को बैठक साउन २६ गते शुक्रबार १ बजेलाई ताेकिएकाे छ।