मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण २३ मंगलबार
  • Wednesday, 02 September, 2026
२o८o श्रावण २३ मंगलबार १o:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेको नीति तथा कार्यक्रम : आइपिओ र ओटिसी बजारमा जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २३ मंगलबार १o:३६:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आगामी दिनमा आउन सक्ने नयाँ स्टक एक्सचेन्जलाई रोक्ने गरी नेप्सेबाटै नयाँ आइपिओ (प्राथमिक सेयर) निष्कासन गर्ने भएको छ । नेप्सेले जारी गरेको नीति  तथा कार्यक्रममा अर्थ मन्त्रालयबाट स्वीकृति लिएर आइपिओ जारी गर्ने भएको हो ।

नीति तथा कार्यक्रममा ‘अर्थ मन्त्रालयबाट स्वीकृति लिई, नेप्सेको कार्यसमितिमा पेस गर्ने’ भनिएको छ । नेप्सेले दुई वर्षअघिदेखि नै आइपिओ जारी गर्ने बताउँदै आए पनि पर्याप्त अध्ययन नहुँदा हालसम्म पनि पक्रिया अघि बढ्न सकेको छैन । यसअघि नेप्सेले लगानीकर्तालाई आकर्षित गर्न पब्लिक कम्पनीमा गएर लगानीकर्तालाई ३० प्रतिशत सेयर जारी गर्ने तयारीमा जुटेको थियो । नेपाल स्टक एक्सचेन्जका कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले यस वर्ष अध्ययन गरेर अर्थ मन्त्रालयमा बुझाउने तयारी रहेको बताए । उनले भने, ‘केही प्राविधिक कुरा मिलाउन बाँकी छ, यो आर्थिक वर्षभित्र हामी जारी गर्ने तयारीमा छौँ ।’ 

यसका साथै नीति तथा कार्यक्रममा इन्ट्रा डे ट्रेडिङ तथा ओटिसी बजार विस्तारसम्बन्धी अध्ययन कार्यसमेत गरिने नेप्सेले जनाएको छ । त्यस्तै, पावर सिस्टम अपग्रेड गर्नेलगायतका योजना पनि समेटिएको छ । साथै, अन्तर्राष्ट्रियस्तरको टेस्टेड अनलाइन ट्रेडिङ सफ्टवेयर खरिद गर्ने पनि नीति तथा कार्यक्रममा रेहेको छ । आइपिओ जारी गर्ने विषय पहिला पनि छलफल भएको हो । तर, विभिन्न कारणले गर्दा यो प्रक्रिया बीचमै रोकिने गरेको थियो ।