१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २३ मंगलबार
  • Monday, 01 July, 2024
शान्ति तामाङ काठमाडाैं
२o८o श्रावण २३ मंगलबार १o:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सामाखुसी खोलाको स्ल्याब हटाएर करिडोर बनाइँदै 

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २३ मंगलबार १o:१४:oo

काठमाडौं महानगरपालिकाले सामाखुसी खोलामा लगाएको स्ल्याब हटाएर करिडोरका रूपमा विस्तार गर्ने भएको छ । स्थानीयले खोला छोप्ने गरी अवैध रूपमा स्ल्याब हालेपछि महानगरले केही दिनदेखि स्ल्याब भत्काइरहेको छ । स्ल्याब हटाइसकेपछि यहाँ करिडोर बनाउने महानगरको योजना छ । 

स्थानीयले अवैध रूपमा बनाएको स्ल्याबबाट खसेर ७ साउनमा सामाखुसीका साजन मगर बेपत्ता भएका थिए । उनलाई ११ दिनपछि कीर्तिपुरबाट मृत अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए । त्यसयता स्ल्याब हटाउने कार्यलाई झन् तीव्र बनाएको महानगरले जनाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार सामाखुसी खोलामा भएको स्ल्याब निकालेर करिडोरमा विस्तार गरिनेछ ।

‘हामीले साउन लागेसँगै स्ल्याब खोल्न थालेका हांँ । यहीबीचमा स्थानीय बालक साजन मगर खोलामा खसेर बेपत्ता भए । उनलाई मृत्य अवस्थामा फेला पारेपछि यो कामलाई थप तीव्र पारेका छौँ,’ प्रवक्ता मानन्धरले भने, ‘वसुन्धरा चौकी, रानीबारी हुँदै रेडन पुलसम्मको स्ल्याब हटाइसकिएको छ । पानी परिरहेका कारण काममा अलि डिस्टर्ब भइरहेको छ ।’ महानगरले १ साउनदेखि नै सामाखुुसी खोलामाथि लगाइएको स्ल्याब हटाउन थालेको थियो । 

खोलाको दायाँ–बायाँ हरियाली कायम गरिने
खोलामाथि लगाएको स्ल्याब निकाल्न महानगरले दैनिक २२ जना नगर प्रहरी खटाउँदै आएको छ । स्ल्याब हटाइसकेलगत्तै त्यस क्षेत्रलाई करिडोरका रूपमा विस्तार गरेर हरियाली कायम गरिनेछ । ‘अहिले वर्षाको सिजन भएकाले स्ल्याब हटाउन गाह्रो भइरहेको छ । यसपछि करिडोर विस्तारको काम सुरु हुन्छ,’ प्रवक्ता मानन्धरले भने । वसुन्धरादेखि म्हैपीसम्म बग्ने करिब तीन किलोमिटर सामाखुसी खोलामाथि निर्माण भएको स्ल्याब हटाउन थालिएको हो । 

महानगरले स्ल्याब हटाउन थालेपछि यस क्षेत्रमा दैनिकजसो स्थानीयले विरोध गरिरहेका छन् । उनीहरूले महानगरले यस क्षेत्रमा घरटहरा बनाउन पहिला किन अनुमति दिएको भन्दै प्रश्न गर्ने गरेका छन् । खोलामाथि स्ल्याब हालेर स्थानीयले खोलासँगै जोडेर घरहरू बनाएका छन् । महानगरले स्ल्याब भत्काएपछि कतिपय स्थानीयको घरभित्र जान–आउनसमेत समस्या भएको छ । महानगरले भने अवैध रूपमा बनाएका संरचना हटाउने अडान लिएको छ ।  

नवीन मानन्धर प्रवक्ता, काठमाडौं महानगर
साउन पहिलो सातादेखि नै सामाखुसी खोलामाथि लगाइएको अवैध स्ल्याब खोल्न थालेका हौँ । यहीबीचमा स्थानीय बालक साजन मगर खोलामा खसेर बेपत्ता भए । उनलाई मृत अवस्थामा फेला पारेपछि यो कामलाई थप तीव्र पारेका छौँ । वसुन्धरा चौकी, रानीबारी हुँदै रेडन पुलसम्मको स्ल्याब हटाइसकेका छौँ । पानी परिरहेका कारण काममा अलि डिस्टर्ब भइरहेको छ । स्ल्याब हटाइसकेसँगै करिडोर विस्तार सुरु हुन्छ ।

ad
ad
ad
ad