मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २१ आइतबार
  • Thursday, 09 January, 2025
एजेन्सी
२o८o श्रावण २१ आइतबार o८:३४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पाकिस्तानी क्रिकेटरको पारिश्रमिक चार गुणा बढ्ने

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८o श्रावण २१ आइतबार o८:३४:oo

नयाँ केन्द्रीय सम्झौताअनुसार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले कप्तान बाबर आजम, मोहम्मद रिजवान र साहिन शाह अफ्रिदीलाई ‘ए’ श्रेणीमा राख्यो 

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले क्रिकेट खेलाडीको पारिश्रमिक चार गुणा बढाउने भएको छ । पाकिस्तानले केही समयपछि खेलाडीको नयाँ सेन्ट्रल कन्ट्र्याक्ट सार्वजनिक गर्ने भएको हो । नयाँ केन्द्रीय सम्झौताअनुसार बाबर आजम, मोहम्मद रिजवान र साहिन शाह अफ्रिदी ‘ए’ ग्रेडमा रहेका छन् । उनीहरूले मासिक ४५ लाख पाकिस्तानी रुपैयाँ पाउनेछन् । जुन भारतीय मूल्यमा १३.२२ लाख हुनेछ । पाकिस्तानी खेलाडीले एक वर्षमा ५ करोड ४० लाख पाउने बताइएको छ । 

पछिल्लो समय खेलाडीले पारिश्रमिक बढाउनुपर्ने भन्दै विरोध गरेपछि पिसिबीले यो निर्णय गरेको हो । पिसिबीले घरेलु लिग खेल्न दबाब बढाएपछि पाकिस्तानी खेलाडीले विरोध सुरु गरेका थिए । पाकिस्तानी खेलाडीले यसअघि विभिन्न देशका फ्रेन्चाइज लिग खेल्दै आएका थिए । घरेलु प्रतियोगिता र संघले कम पारिश्रमिक दिएपछि बाहिरी लिग खेलेको खेलाडीको भनाइ छ । यस्तै, आइसिसीले पनि पाकिस्तान क्रिकेटको वार्षिक बजेट बढाएको छ । पछिल्लोपटकको भन्दा यसपटक पाकिस्तान बोर्डले एक वर्षमा करिब ९ करोड ६० लाख पाउनेछ । आइसिसीबाट वार्षिक बजेट बढेपछि पिसिबी खेलाडीको पारिश्रमिक बढाउने निर्णयमा पुगेको थियो । 

चार श्रेणीमा वर्गीकरण 
पछिल्लो समय पाकिस्तानले दुई श्रेणीमा खेलाडी वर्गीकरण गरेको थियो । सेतो बल र रातो बल खेल्ने गरी खेलाडीको वर्गीकरण हुँदै आएको थियो । अब भने पिसिबीले ग्रेडिङ सिस्टम ए, बी, सी र डी गरी चारवटा राखेको छ । पछिल्लोपटक ३३ खेलाडीलाई केन्द्रीय सम्झौतामा राखिएको थियो । यसपटक कति खेलाडी वर्गीकरणमा पर्छन् । त्यो भने खुलाइएको छैन । ए श्रेणीले ४५ लाख, बी श्रेणीले ३० लाख, सी श्रेणीले १५ लाख र डी श्रेणीले ७ लाख ५० हजार पाकिस्तानी मूल्य पाउने जनाइएको छ ।