Skip This
मनाङमा चौँरीलाई लम्पी स्किनविरुद्धको खोप दिन सुरु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o श्रावण २० शनिबार
  • Wednesday, 17 September, 2025
२o८o श्रावण २० शनिबार १५:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङमा चौँरीलाई लम्पी स्किनविरुद्धको खोप दिन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २० शनिबार १५:३१:oo

हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको संक्रमण फैलिएसँगै खोप लगाउन थालिएको छ। जिल्लामा पहिलोपटक असार २४ गते पशुमा संक्रमण देखिएपछि रोग लाग्नुअगावै खोप लगाउन थालिएको हो।

मनाङका याक र चौँरीलाई लम्पी स्किनबाट सुरक्षित बनाउन लम्पी स्किनविरुद्धको खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा विज्ञकेन्द्र मनाङका प्रमुख नारायण कुसुमले बताए। उनका अनुसार ३०३ वटा गाई, ४१३ गोरु, १९१ वटा याक चौँरीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ।

‘लम्पी स्किनको संक्रमण धेरै नफैलियोस् भनेर खोप लगाउन थालिएको छ, यसको नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरिरहेको छ,’ प्रमुख कुसुमले भने, ‘लम्पी स्किन रोग नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालमा ल्याइएको छ।’ यहाँका पशुलाई लगाउन लम्पी स्किनविरुद्धको भेटेरिनरी अस्पतालले दुई हजार डोज खोप ल्याइसकेको उनले बताए। चार गाउँपालिका रहेको मनाङको चामे, नासों, मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाको १५ वटा गाई र १४ वटा गोरुमा लम्पी स्किनको संक्रमण देखिएको छ।

आर्थिक वर्ष ०७९/८० को अन्तिममा मनाङमा लम्पी स्किनको संक्रमण देखिएको हो। पशुपालक किसानको गोठमै पुगेर पशु प्राविधिकले लम्पी स्किन संक्रमण भएको बताए। रोग नियन्त्रणका लागि खोप लगाउने कार्य भइरहेको प्रमुख कुसुमले बताए। उनका अनुसार भेटेरिनरी अस्पतालको समन्वयमा रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई गाउँगाउँमा खटाएको छ।