मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १९ शुक्रबार
  • Wednesday, 18 December, 2024
२o८o श्रावण १९ शुक्रबार ११:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई लाइफको साधारण सेयर नेप्सेमा सूचीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १९ शुक्रबार ११:४४:oo

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्से सिम्बोल आइएलआई राखेर साधारण सेयर कारोबारका लागि एक सय रुपैयाँ चुक्ता मूल्य कायम भएको चार करोड कित्ता सेयर सूचीकृत गर्ने सम्बन्धमा कम्पनी र नेप्सेबीच सम्झौता भएको हो । 

कम्पनीले सर्वसाधारणसमक्ष सिभिल क्यापिटल मार्केट लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेर साधारण सेयर खुला बिक्री आह्वान गरेको थियो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत सर्वसाधारणमा एक करोड २० लाख कित्ता अर्थात् ३० प्रतिशत सेयर वितरण गरेको र कम्पनीका संस्थापक सेयरधनीको दुई करोड ८० लाख अर्थात् ७० प्रतिशत गरी चार करोड साधारण सेयर सूचीकरण भएको कम्पनीले जनाएको छ ।

सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट धितोपत्रको कारोबार सुरु हुनुपर्ने भए तापनि उक्त दिन शुक्रबार र तत्पश्चत शनिबार पर्ने भएकाले आइतबारबाट कारोबार सुरु हुने जनाइएको छ । सेयरको सूचीकरणपश्चात् दिनुपर्ने सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य ग्लोबल आइएमई क्यापिटलबाट हुने जनाइएको छ । 

हाल कम्पनीले देशभरि आफ्ना एक सय ४० शाखा तथा उपशाखा कार्यालयहरूमार्फत जीवन बिमासम्बन्धी सेवा दिँदै आएको जनाएको छ ।