१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी लन्डन
२o८१ बैशाख २० बिहीबार o८:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सिटीमा क्रोएसियन डिफेन्डर जेस्को

Read Time : < 1 मिनेट
एजेन्सी, लन्डन
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१९:oo

म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लिपजिगका क्रोएसियन डिफेन्डर जेस्को ग्वार्डिओललाई अनुबन्ध गर्ने भएको छ । इंग्लिस प्रिमियर लिगको साबिक विजेता सिटीले ७७ मिलियन पाउन्ड खर्चंदै जेस्कोलाई ल्याउने तयारी गरेको हो । सन् २०२१ मा डायनेमो जाग्रेबबाट लिपजिग आएपछि ग्वार्डिओल क्लबका मुख्य खेलाडी रहँदै आएका छन् ।

सिटी प्रशिक्षक पेप ग्वार्डिओलाले जेस्कोको आगमनले डिफेन्स लाइन थप बलियो हुने बताएका छन् । नयाँ सिजनका लागि सिटीले दोस्रो खेलाडीका रूपमा जेस्कोलाई भित्र्याउन लागेको हो ।

यसअघि चेल्सीबाट माटेओ कोवासिसलाई २५ मिलियन पाउन्डमा सिटीले अनुबन्धित गरेको थियो । क्रोएसियाका अन्तर्राष्ट्रिय खेलाडी जेस्कोले अन्तर्राष्ट्रिय दुई गोल गरेका छन् । उनले सन् २०२२ को विश्वकपमा क्रोएसियालाई तेस्रो स्थान दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

ad
ad