Skip This
भीम रावलको ‘कमब्याक’ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १२ शुक्रबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण १२ शुक्रबार o६:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भीम रावलको ‘कमब्याक’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण १२ शुक्रबार o६:४८:oo

एमालेका पूर्वउपाध्यक्ष भीम रावल पार्टी काममा फर्किएका छन् । दशौँ महाधिवेशनयता निष्क्रिय रावल गृहजिल्ला अछाममा पार्टीले आयोजना गरेको कार्यक्रममा औपचारिक रूपमा सहभागी भएर काममा फर्किएका हुन् ।

साउनयता रावल लगातार पार्टीका विभिन्न कार्यक्रम र नेता–कार्यकर्ता भेटघाटमा सक्रिय भएका छन् । पार्टी अध्यक्ष केपी ओलीले रावललाई जिम्मेवारीसहित पार्टी काममा फर्काउन उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा वार्ता टोली नै बनाएर एक चरण वार्ता गरे पनि कुनै टुंगो लागेको छैन । नयाँ जिम्मेवारी नपाए पनि पार्टीमा सक्रिय बन्ने गरी रावल एमालेको काममा फर्किएका हुन् ।

१ साउनमा अछामको साँफेबगरमा नगर कमिटीले आयोजना गरेको प्रशिक्षण तथा अन्तत्र्रिmया कार्यक्रममा उनी प्रमुख अतिथि थिए । कार्यक्रममा उनले नेता–कार्यकर्तालाई मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र एमालेको अबको कार्यदिशाबारे प्रशिक्षण दिएको उनका प्रेस संयोजक एकीन्द्र कुँवरले जानकारी दिए । 

त्यस्तै, ४ साउनमा साँफेबगरमै रावलले नेता–कार्यकर्ताको समूहमा अलग्गै छलफल गरे । ७ साउनमा अछामको बयलपाटा अस्पतालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा नेता–कार्यकर्तासहित सहभागी भए ।

एक साताभन्दा बढी सुदूरपश्चिम बसेका रावलले काठमाडौं फर्किने क्रममा लुम्बिनी, कर्णाली र बागमती प्रदेशका नेता–कार्यकर्तासँग पनि भेटघाट गरेको उनको सचिवालयले जनाएको छ । रावल बुधबार काठमाडौं फर्किएका छन् । यसबीचमै उनले धनगढी, दिपायल, बर्दिया, बाँकेको नेपालगन्ज, कोहलपुर, दाङ, बुटवल, नवलपुर, चितवनको नारायणघाटलगायत स्थानमा नेता–कार्यकर्तासँग भेटघाट गरेका छन् । 

पार्टीको दशौँ महाधिवेशनपछि पार्टीमा निष्क्रिय भूमिकामा रहेका पूर्वउपाध्यक्ष रावललाई जिम्मेवारी दिने सवालमा एमाले नेतृत्व भने अझै अनिर्णीत छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा एक चरण छलफलपछि पार्टीद्वारा गठित वार्ता टोली र पूर्वउपाध्यक्ष रावलबीच संवाद छैन ।

३ वैशाखमा उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र स्थायी समिति सदस्य कर्ण थापाको वार्ता टोलीले रावलसँग छलफल गरेपछि अध्यक्ष ओलीले छलफलको प्रगतिबारे ‘ब्रिफिङ’ लिएका थिए । जिम्मेवारीलगायत विषयमा नेतृत्वसँगै बसेर निर्णायक कुरा गर्न रावलको प्रस्तावबारे टोलीले ‘ब्रिफिङ’ गरे पनि तीन महिनादेखि अध्यक्ष ओलीले उनलाई कुराकानीका लागि बोलाएका छैनन् ।