१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १२:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डोल्पाको मुड्केचुला गाउँपालिकाले लागू गर्‍यो आफ्नै पाठ्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:३१:oo

हिमाली जिल्ला डोल्पाकाे मुड्केचुला गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम लागू गरेको छ।

जिल्लाका आठवटा स्थानीय तहमध्ये पहिलोपटक गाउँपालिकाले जारी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी हाम्रो मुड्केचुला सुन्दर मुड्केचुला शीर्षकको स्थानीय पाठ्यक्रम लागू गरेको हो।

आधारभूत तह कक्षा १ देखि ८ सम्म उक्त पाठ्यक्रम लागू गरिएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गोपाल बुढाले जानकारी दिए। 

गाउँपालिकाभित्र रहेका तीनवटा माध्यमिक विद्यालय, चारवटा निम्नमाध्यमिक विद्यालय र ६ वटा प्राथमिक विद्यालय गरेर १३ वटा विद्यालयमा पाठ्यक्रम कार्यन्वयनमा आएको शाखा प्रमुख बुढाले बताए।

अहिले पाठ्यक्रम कार्यान्वयनमा आइसकेकाले अब सबै समेटेर पाठ्यपुस्तक तयार पारी विद्यार्थीलाई सोहीअनुसार पठनपाठन गराइने उनको भनाइ छ।

संघीयताले स्थानीय सरकारलाई दिएको अधिकारको सदुपयोग गर्दै गाउँपालिकाभित्रका प्राचीन कला, संस्कृति, ऐतिहासिक सम्पदा, उत्पादनलगायतका क्षेत्रका संरक्षण संवर्द्धन र प्रचारप्रचारका लागि जिल्लामै पहिलोपटक आफ्नै पाठ्यक्रम तयार पारी लागू गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।

मानव संसाधन विकासको मुख्य मेरुदण्डको रूपमा रहेको शिक्षा क्षेत्रलाई गाउँपालिकाले प्राथमिकताका साथ विकास गरिरहेकोसमेत अध्यक्ष शाहीले बताए। जिल्लाका अन्य स्थानीय तहले भने आफ्नै पाठ्यक्रम बनाउन सकेका छैनन्।

ad
ad