वर्षायाममा खानपिनजस्तै पहिरनमा पनि त्यत्तिकै ध्यान पुर्याउनुपर्छ । गर्मी हुने र पानी पर्ने भएकाले यी दुवै पक्षलाई ध्यानमा राखेर पहिरन छनोट गर्नुपर्छ । मनसुनको समयमा कटन र रेमन उपयुक्त कपडा हुन्छ । गर्मी अत्यधिक छ भने कटन तथा रेमनको वान पिस, टिसर्ट र हाफ पाइन्ट राम्रो हुन्छ । वर्षामा लामो कपडाभन्दा यस्तै पहिरन उपयुक्त हुन्छ ।
मनसुनको समयमा गाढा रङको रोजाइ नै सही हुन्छ । नीलो, सेतो, हरियो, पहेँलो, रातो, बैजनी रङका कपडा उपयुक्त हुन्छन् । किनकि, पानीमा भिज्दा गाढा रङका कपडाले भित्री छाला तथा भित्री वस्त्र देखिँदैन । यस्ता गाढा रङका कपडाले घामलाई पनि सहजै छेक्न सक्छ । सोही कारण मनसुनमा गाढा रङका कपडा नै उपयुक्त हुन्छ । अर्काे, फिक्का रङका कटन तथा रेमनका कपडा उपयुक्त हुन्छ ।
हिजोआज महिलाका लागि हरियो र रातो रङको पहिरन खुबै चलेको छ । साउन महिनाभरि प्रायः दिदीबहिनीहरू हरियो पहिरनमा केन्द्रित हुन्छन् । चाँडै नै तिज आउन लागेको कारण अहिलेदेखि नै तिजका लागि रातो, पहेँलो रङको कपडा बनाउने क्रम पनि सुरु भएको छ । यसपटक बाबरी ग्रिनसहित विभिन्न डिजाइनका साडी र ब्लाउज बढी चलेका छन् । त्यसमा पनि जर्जेटको साडी अहिले बढी चलेको छ ।