१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १ सोमबार
  • Friday, 05 July, 2024
२o८o श्रावण १ सोमबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मनाङमा पनि फैलियोे लम्पी स्किन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १ सोमबार ११:३८:oo

हिमाली जिल्ला मनाङमा पनि गाईगोरुमा लाग्ने लम्पी स्किन रोगको प्रकोप देखिएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका अनुसार मनाङको चामे गाउँपालिका– २ थानचोकमा पालिएका गोरुमा यो रोग देखिएको हो।

केन्द्रका प्रमुख पशु चिकित्सक नारायण कुसुमले गोरु बिरामी भएको खबर आएपछि उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको बताए।

गोरुलाई १०४ डिग्रीको ज्वरो आएको रहेछ। गोरुको छालामा स–सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएको र घाँस पनि कम खाएको उनले बताए। योसँगै केन्द्रले चामे र नासोँ गाउँपालिकामा यो रोगविरुद्धको खोप लगाउन सुरु गरेको छ।

मनाङमा दुई हजार डोज लम्पी स्किन रोगविरुद्धको खोप ल्याएको केन्द्रका प्रमुख कुसुमले बताए। उनका अनुसार आइतबारसम्म एक सय ४६ वटा पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। 

केन्द्रले कृषकहरूले लम्पी स्किन रोगविरुद्ध खोप लगाउन आ–आफ्नो स्थानीय तहका प्राविधिकहरूलाई खबर गर्न अनुरोध गरेको छ। मनाङसँगै यो रोग नेपालको ७७ वटै जिल्लामा फैलिएको छ। मनाङमा गाईगोरु एक हजार पाँच सयभन्दा बढी रहेको केन्द्रले जनाएको छ।  
 

ad
ad
ad
ad